एक कुकुरले मालिकलाई नौ वर्ष कुर्यो संसारको सबैभन्दा वफादार कुकुर को कथा( एक चोटी पढन पर्ने कथा )
The real story of Hachiko in Nepali
के तपाईंले हाचीको भने जापानी कुकुरको बारेमा कहिल्यै सुन्नुभएको छ? छैन हैन? येदि सुनु भाको छैन भने आजमा भावनात्मक हाचीको भने जापानी कुकुरको कथा भन्दै छु। यो कथा सुनेर तपाईलाई यो कथा
काल्पनिक लग्न सक्छ तर यो एक सय प्रतिशत वास्तविक कथा हो।
हाचीको भने जापानी कुकुरको वास्तविक कथा
एक कुर्कुर्को जन्म नोभेम्बर १०,१९२३ मा जापानको ओदते ,अकिता प्रेफेच्तुरे भन्ने सहरको नजिकै को खेतमा भयको थियो। इजाबुरो ऊएनो, जापानको टोकियो युनिभर्सिटीमा कृषि विज्ञानमा प्राध्यापक थियो।१९२४मा, उनले त्यो कुकुरलाई घरपालुवा जनावरको रुपमा पालनालाई लिएर आए।
अनि उनले त्यो कुकुरको नाम हाचिको राख्नु भयो। हाचिको र उनको मालिक चाँडै नै राम्रो मित्र बन्न पुगे।इजाबुरोले आफ्नो प्यारो कुकुरलाई सबैभन्दा बढी माया गर्थे र उसलाई उनको छोरो झैं व्यवहार गरथिए।इजाबुरोलाई काममा जान दैनिक रेल यात्रा गर्नुपर्थ्यो र हचिको पनि उहाँसँग आउँनथाल्यो र उनलाई शिबुया स्टेशनमा छोड्थ्यो र इजाबुरो कामबाट फर्केर नआउन्जेल हाचिको त्यहि बस्थियो। इजाबुरो कामबाट आए पछि हाचिको र इजाबुरो संगै घर जान्थे।
एक दिन जहिले जस्तै इजाबुरोलाई काममा जानेको लागि हाचिको स्टेशन छोड्न गयो। जहिले जस्तै हाचिको स्टेशनमा इजाबुरोलाई पर्खिरहेको थियो। इजाबुरो आउने समय भैसकको थियो तर इजाबुरो आएनन । यो कुरा पत्ता लाग्यो कि इजाबुरो सेरेब्रल हेमोर्रेजबाट पीडित थिए र काममा हुँदा अचानक र अप्रत्याशित रूपमा उनको मृत्यु भयो।
हाचिको दिनहुँ स्टेशनमा आउँथ्यो र इजाबुरोको लागि पर्खन्थ्यो। तेस्तै गर्दा उसले इजाबुरोलाई नौ वर्ष, नौ महिना र पन्ध्र दिन पर्खियो। ति वर्ष बीच हाचिकोलाई स्टेशनमा काम गर्ने मानिसहरुले खाने कुरा दिनुभएको थियो। उसले आफ्नो मालिकको लागि धर्यता साथ नौ बर्षसम्म पर्ख्यो। तर दुःखको साथ हाचिको मार्च ८, १९३५मा ११ वर्षको उमेरमा मृत्यु भयो । उ शिबुयाको सडकमा फेला पर्यो। हाचिकोलाई टर्मिनल क्यान्सर र फाइलेरिया संक्रमण थियो। if you want essay in nepali click here

Comments
Post a Comment